फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्न निगमको न्यारोबडीलाई अनुमति


काठमाडौं- आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

निगमको १ सय ५८ सिट क्षमताकाे न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार  स्पेशल चार्टर उडान  काठमाडौंबाट ११ बजे उड्ने र भैरहवाबाट साढे १२ बजे यात्रु ल्याएर काठमाडौं फर्किने तालिका स्वीकृत भएको उनले बताए ।

आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो । असोज ११ गतेको भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले बताए ।

 

 

प्रतिक्रिया