गोरखामा डेंगुबाट एकको मृत्यु


काठमाडौं- गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार मृत्यु भएको हो ।

गोरखामा डेंगुबाट अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया