कीर्तिपुरमा बाढीले बगाएर एकजनाको मृत्यु, एक बेपत्ता


काठमाडौं- बिहीबार बिहा वर्षासँगै आएको बाढीले बगाउँदा कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका- ४ मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको मृत्यु भएको  प्रहरीले जनाएको छ । खोलाबाट पानी उनको घरभित्र पसेको थियो । ढलको पानी छेक्न जाँदा उनलाई बाढीले बगाएको थियो।

यस्तै कीर्तिपुर नगरपालिका -१० स्थित नयाँ बजारमा खोलाले बगाउँदा प्रल्हाद मर्हजन बेपत्ता भएका छन्।  उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया