आफ्नै रिभल्भरबाट चलेको गोली लागेर अभिनेता गोविन्दा घाइते


काठमाडाैं- बलिउड अभिनेता गोविन्दा आफ्नै रिभल्भरबाट चलेकाे गाली लागेर  घाइते भएका छन् ।  खुट्टामा गोली लागेपछि उनलाई तत्काल अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बीबीसी हिन्दीले जनाएको छ ।

डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् रहे पनि अझै अस्पतालमै रहेको समाचारमा उल्लेख छ ।

 

प्रतिक्रिया