हवाई उडानमा रेकर्ड, एकैदिन साढे पाँच सय उडान


काठमाडाैं-  काठमाडाैं भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एक दिनमा साढे पाँच सय उडान भएका छन् ।

आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान र दुई सय २१ अवतरण भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो अहिलेसम्मकै सर्वाधिक उडान भएको बताए । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाण्डौ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् ।

 

प्रतिक्रिया