रुपन्देहीमा जीपसहित खोलामा खसेका २ जना मृत भेटिए


रुपन्देही-  रुपन्देहीको घाघरा खोलामा शनिबारदेखि बेपत्ता दुईजना मृत भेटिएका छन् । मर्चवारदेखि दूध संकलनका लागि भे. १ च २६७६ नम्बरको जीपमा हिँडेका चालक र सहचालक जीपसहित खोलामा बेपत्ता भएका थिए ।

चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव जीप भेटिएको ठाउँभन्दा १ सय मिटर तल फेला परेको प्रहरीले बताएको छ । उनीहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निरन्तर खटिएको थियो । जीप आइतबार भेटिएको थियो ।

 

प्रतिक्रिया