बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या १९२ पुग्यो, ३० बेपत्ता


काठमाडौं – अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १९२ को पुगेको छ । ३० जना अझै बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।

प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ ।

हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया