वायुसेवा कम्पनीहरू आन्तरिक उडानमा भाडा घटाउन सहमत


काठमाडौं–  वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरूको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन् ।

देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया