वनस्थलीमा नालामा मोटरसाइकल खस्दा चालक बेपत्ता


काठमाडौं – काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै नालामा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् ।

आज (शुक्रबार) साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–१५ वनस्थलीस्थित बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल नाालामा खसेर बगाउँदा चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकललाई खोलाबाट निकालिएको छ भने चालक अझै बेपत्ता छन् ।

चालकको खोजी कार्य भइरहेको उनले बताएका छन् । बुधबार रातिदेखि लगातार परेको वर्षाका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।

प्रतिक्रिया