इजरायलद्वारा युद्धविराम प्रस्ताव अस्वीकार


काठमाडौं-  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा सक्रिय हिजबुल्लाह सशस्त्र समूह विरुद्धको सैन्य कारवाही पूर्ण शक्तिका साथ जारी राख्न आफ्नो सेनालाई निर्देशन दिएका छन् ।

अमेरिका, बेलायत, इयु लगायतका केही शक्ति राष्ट्रहरुले अस्थायी युद्धविरामका लागि आव्हान गरे पनि इजरायलले त्यसलाई बेवास्ता गर्दै लडाई जारी राखेको छ ।

हिजो एकै दिनमा इजरायली सैन्य कारवाहीका कारण लेबनानमा ९२ जनाको मृत्यु भएको छ । गत सोमबार यता मात्रै इजरायली हमलामा परी ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

गत सोमबारदेखि लेबनानमा इजरायली हमला नाटकीय रुपमा वृद्धि भएपछि इजरायल र हिजबुल्लाहबीच सर्वत्र युद्धको त्रास बढेको छ । दुई मुलुक बीच बढेको शत्रुताले चिन्तित हुँदै अमेरिका, बेलायत र ईयू लगायत १२–बलिया शक्ति समूहले बुधबार इजरायल र हिजबुल्लाहबीच तीन हप्ताका लागि युद्धविराम प्रस्ताव गरेको थियो । तर, इजरायलले त्यसको बेवास्ता गर्दै लडाईलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया