पत्रकार महासंघले बोलायो जिल्ला र प्रदेश अध्यक्षहरूको भेला


काठमाडौँ – नेपाल पत्रकार महासंघले जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएको छ ।

केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट भएको बैठकले असोज १९ गतेका जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

यस्तै महासंघ असोज १२ गते तोकिएको निर्वाचन हुन नसक्ने परिस्थिति सिर्जना भएको जनाएको छ । १९ गतेका जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएसँगै १२ गते तोकिएको निर्वाचन नहुने भएको हो ।यस्तै सदस्यता विवाद समाधान गर्नका लागि पूर्वअध्यहरूलाई आग्रह गरेको छ ।

महासंघले जारी गरेको पत्र

प्रतिक्रिया