काँग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनीत


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनीत गरेका छन् । ​

मनोनीत भएका सदस्यहरूमा महेश श्रेष्ठ (भक्तपुर), सुरेन्द्रप्रसाद यादव (सप्तरी), शान्तिकला तामाङ राई (इलाम), तिलक गिरी (झापा), हरिशकुमार कार्की (जाजरकोट), दिनेश कटुवाल (उदयपुर), रामकुमारी चौधरी (कैलाली), मुकुन्द गौतम (दाङ), नरबहादुर नेपाली (रुकुम पश्चिम) र दामोदर शर्मा (पर्वत) रहेका छन् ।

तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जनालाई सदस्यमा मनोनीत गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया