दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने


काठमाडौं – दशैंका लागि यही असोज १२ गते शनिबारदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको छलफलपछि बुकिङ खुलाउने निर्णय भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरू स्थापना गरिनेछ ।

यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । करिब २० लाख मानिसहरू दशैंका लागि उपत्यकाबाट बाहिरिने अनुमान छ ।

प्रतिक्रिया