

हुम्लामा पहिलाेपटक डेङ्गुका बिरामी फेला

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलाेपटक डेङ्गुका बिरामी देखिएका छन् ।
अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका बालकको परिक्षण गर्दा डेङ्गु पुष्टि भएको हो । सिमकोट गाउँपालिका- ८ को खोल्सी गाउँका ११ वर्षका बालकलाई डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार बालकको स्वाव भेरिफाइ गर्न तीन पटक ल्यावमा परिक्षण गर्दा डेङ्गु पुष्टि भएको हो ।
डेङ्गु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि गएका थिएनन् । ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
हालसम्म हुम्ला डेङ्गुबाट सुरक्षित रहँदै आएको थियो ।

