एलोन मस्कले बाइडेन र ह्यारिसका बारेमा लेखेको पोष्ट किन हटाए ?


काठमाडाैं- अमेरिकी खर्बपति व्यापारी एलोन मस्क अमेरिकामा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको हत्या प्रयास कसैले नगरेको बताएपछि बिवादमा तानिएका छन् ।

मस्कले सामाजिक सञ्जाल एक्स मा राष्ट्रपति बाइडेन र ह्यारिसको हत्या प्रयास नगरिएको पोष्ट गरेका थिए । पछि त्यो पोष्ट हटाउदै मस्कले मजाकमा गरिएको पोष्ट भने । तर आलोचकहरुले उक्त पोष्टले हिंसालाई बढावा दिन खोजेको बताएका छन् ।

अमेरिकी गोप्य सेवाले उक्त पोष्ट बारेमा सचेत रहेको बताएको छ । आइतबार फ्लोरिडामा आफनै गल्फ कोर्समा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दोश्रो पटक हत्या प्रयास भएको केहि घण्टापछि मस्कको पोष्ट एक्समा आएको हो ।

ट्रम्पको समर्थनमा रहेका मस्कलाई चुनाव जितेका सरकारी दक्षता आयोगको प्रमुख बनाउने ट्रम्पले बाचा गरिसकेका छन् । एक्सका धेरै प्रयोगकर्ताहरुले मस्कको धारणाप्रति असहमति जनाउदै विरोध गरेका छन् ।

 

प्रतिक्रिया