ललितपुरबाट एक हजारका नक्कली नोटसहित रोक्का पक्राउ


ललितपुर- ललितपुरबाट नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ घर भई भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन्।

ललितपुर महानगरपालिका-८ सौगलमा बस्दै आएका उनकाे कोठाबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नोट बरामद गरेको प्रहरीले जनाएकाे छ ।  त्यहाँबाट फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरेको छ ।

 

प्रतिक्रिया