आमाबुवा बने दीपिका र रणवीर


काठमाडाैं- बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको छ । प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो ।

उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए ।

प्रतिक्रिया