

पहिरोमा पुरिएर वडा सदस्य दम्पतिको मृत्यु, शव निकालियाे

जाजरकोट- जाजरकोटमा पहिरो जाँदा घरसँगै पुरिएर एक दम्पतिको मृत्यु भएको छ ।
आइतबार बिहान २:५० बजे जाजरकोटको बारेकोट गाउँपालिका-६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिएको थियो। प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेका हु्न् ।
प्रेमकुमारी वडासदस्य समेत हुन् । शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो ।
पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन् ।

