

अब ट्रायल पास गर्नेलाई रसिदमै फोटो र क्यूआर

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ।
तत्काल स्मार्ट कार्ड दिन नसक्ने भएपछि सरकारले रसिदमै फोटो आउने गरी कार्ड दिन लागेको हो । ट्राफिक प्रहरीलाई क्यूआर कोड पढ्ने मेसिन उपलब्ध गराइने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएकाले तत्काल समस्या समाधानका लागि नयाँ उपाय अबलम्बन गरिएको बताए ।
ट्रायल पास गरेका १५ लाख सेवाग्राहीले अझै स्मार्ट कार्ड पाउन सकेका छैन ।

