देउवाद्वारा श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपाली रहेका छन् ।

यस्तै विभागमा डी.पी. अर्याल-काठमाडौँ, बमबहादुर डि.सी-दाङ, भीमार्जन आचार्य-काठमाडौँ, तारा राई-उदयपुर, प्रभातकुमार ललन-सप्तरी, राजेन्द्र बुढाथोकी-दाङ, तेजबहादुर गोदार-मकवानपुर, जयबहादुर बि.सी. (बुढा)-र्खेत, कृष्णबहादुर कुँवर-कञ्चनपुर र लीलबहादुर रनपाल-स्याङ्जा सदस्य रहेको छन् ।

प्रतिक्रिया