पूर्वआईजी बोहोराले उठाए प्रहरी ईकाईका नाममा प्रश्न, ‘जिल्ला, थाना, चौकी र प्रहरी शिविर किन नभन्ने?’


काठमाडौं – नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहोराले उपत्यकाका प्रहरीका कार्यालयहरुको नामलाई लिएर प्रश्न उठाएका छन् ।

पूर्वआईजी बोहोराले सामाजिक सञ्जालमार्फत् प्रहरी ईकाईका विभिन्न नामलाई उपत्यका प्रहरी नामलाई पुनर्विजित गराएकोमा असन्तुष्टी प्रकट गर्दै अग्रगमनको नारायाले नथाल्ने सरकारले करिब ६ दशक अघि फर्किएको आभाष भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले बुझ्न सकिन ! काठमाडौं उपत्यका भित्रका प्रहरी इकाईहरुका नाम परिसर , प्रभाग र वृत्त देखिन्छन । यी नाम महानगरीय प्रहरी ( Metropolitan police system ) का अवशेष हुन्। मित्र रास्ट्र भारतमा महानगरीय प्रहरी भएका शहरहरुमा यी नाम प्रचलित छन । ठुला शहरका लागि उत्तम ठानिएको यो प्रणाली विश्वभरीका शहरहरु विद्यमान छ । हामीले पनि केही मुलुकका महानगरीय प्रहरीको अध्ययन गरी काठ्माडौमा पनि शुरु गरेका थियौं ।त्यति बेला यी नामहरु प्रचलनमा आएका हुन । तर सरकारले प्रहरी लाई अन्य मुलुक जस्तै केही कानूनी अधिकार दिन कन्जुस्याई गर्दा केही समय त्यो दाह्रा नंग्रा नभएको बाघ जस्तै रह्यो ।र एक दिन हठात त्यो प्रणाली लाई खारेज गरेर २०२२/ २३ साल तिरको उपत्यका प्रहरी नाम लाई पुनर्जिवित गरायो । अग्रगमनको नाराले नथाक्ने हाम्रो सरकार झण्डै छ दशक पाश्चगमन तिर फर्क्यो। त्यसो हो भने त्यति बेलाकै जिल्ला , थाना,चौकी र प्रहरी शिविर किन न भन्ने ? या कालान्तरमा आफ्नु गल्ति सच्याएर पुन: महानगरीय प्रणाली लाई लागु गर्न यी तलका इकाइहरुको नाम यथावत् रहन दिएको होकि ? बुझ्न सकिएन !

प्रतिक्रिया