रोनाल्डोकाे युट्युब च्यानलमा साढे ५ करोड सब्सक्राइबर, भन्छन् –बिस्टलाई जित्छु


काठमाडौं- चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानलमा ५ करोड ५८ लाख सब्सक्राइबर पुगेका छन् । गत २१ अगस्टमा युट्युब च्यानल खोलेका रोनाल्डोको च्यानलमा सब्सक्राइबरको संख्या दिनहुँ बढिरहेको छ ।

अब उनले युट्युबमा सर्वाधिक सब्सक्राइबर भएका मिस्टरबिस्टलाई जित्ने दाबी गरेका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन् “मैले हराउनुपर्ने नै मिस्टरबिस्ट हुन्, ।”

मिस्टरबिस्टका रोनाल्डोको भन्दा २७ करोड ५२ लाख बढी अर्थात् ३३ करोड १० लाख सब्सक्राइबर छन् ।

 

प्रतिक्रिया