बबी सिंह शाहले किन गरे मुनाको हत्या ? यस्तो छ प्रहरीको रिपोर्ट


काठमाडाैं- अमेरिकाकाे टेक्सासस्थित ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेकाे हत्या अभियोगमा बबी सिंह शाह पक्राउ परिसकेका छन् ।    शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।  प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि पक्राउ गरेको हो ।

५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्यको अभियोग दायर गरिएको छ । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनको विरुद्ध जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चालमाध्यम नेपयोर्कले जनाएको छ ।

शाहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको भन्दै प्रहरीले  अदालतमा कागजात बुझाएको छ । सिंहविरुद्ध जघन्य हत्या र गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहिबार अदालतमा पेश गरिने भएको छ ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो । ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्तीमा गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताइएको थियो ।

 

 

प्रतिक्रिया