सत्ता साझेदारीबारे हामी अलमलमा परेका छैनौं, अरु विषय माग पूरा भए पछि सोचौंला : राजेन्द्र महतो


काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता साझेदारीबारे आफूहरु अलमलमा नपरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि नेता महतोले माग पूरा भएपछि पार्टीले सरकारमा जाने विषयमा निर्णय गर्ने बताउँदै बर्तमान राजनितिक अवस्थामा जसपा अलमलमा नपरेको जिकिर गरे ।

उनले भने ‘सरकारमा जाने–नजाने विषयमा पार्टीले निर्णय गर्छ’ महतोले भने, ‘माग पूरा भए पछि जाने वा नजाने त्यतिबेला सोचौंला ।’

अहिलेको सरकारले आफूहरुको मुद्दा सम्बोधन गर्छु भनेको पनि महतोले बताए । ‘अहिलेको सरकारले गर्छु भनेको छ, यसको काम राम्रो छ कि छैन हेरौं न’ नेता महतोले भने ।

सत्ता साझेदारीका लागि महत्वपूर्ण हैसियतमा रहेको जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका विषयलाई मागका रुपमा अघि सारेको छ । मंगलबार पनि जसपा नेताहरुले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

 

प्रतिक्रिया