सल्यानमा चट्याङ लागेर शिक्षक कार्कीको मृत्यु


सल्यान – सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार घर नजिकै गोठालो गएका कार्कीलाई साँझ ६ बजे चट्याङले हानेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उपरीक्षक कार्कीले बताए ।

कार्की कालीदेवी प्राथमिक विद्यालय लक्ष्मीपुरमा कार्यरत थिए ।

प्रतिक्रिया