आज नेपाली र भारतीय बक्सरबीच ‘फाइट नाइट’


ललितपुर- आज नेपाल र भारतका ३० बक्सरहरू सीजी जी स्पोर्ट्स् फाइट नाइटमा भिड्नेछन् ।

सीजीजी स्पोर्टस् हबको पहिलो प्रतियोगिताको रूपमा ‘फाइट नाइट’ आज  इखादोल नागार्जुनमा हुने भएको छ । प्रतियोगिताको विशेष सहयोगीको रुपमा नेपाल बक्सिङ माहासंघ रहेको छ । प्रतियोगिता साँझ ४ बजे सी जीजी स्पोर्ट्स हबको परिस​रमा हुनेछ ।

प्रतिगोतिमा २ देशका ३० खेलाडीले सहभागिता जनाउनेछन् । नेपालबाट सीजीजी , एच तु ओ, फाइट प्रमोशन, थानकोट बक्सिङ क्लब, बोक्समान्दु , बोशिगाउँ स्पोर्टस् क्लब, स्वीट साइन्स क्लबका बक्सरहरुले सहभागिता जनाउनेछन् भने भारतका दुई बक्सिङ क्लबहरू एस एम बक्सिङ एकेडेमी, गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा विजेताहरुले पदक र आकर्षक उपहार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया