देउवाको घर अगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’


काठमाडाैं- पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ मा रहेकाे देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले राति १ बजे थाहा पाएको थियो ।

नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाको दुई टोली पुगेको थियो ।

बिहान ५ बजे पुगेको टोलीले  साढे ८ बजे शंकास्पद वस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।

प्रतिक्रिया