आबुखैरेनी दुर्घटनाबारे गृह मन्त्री लेखकसँग भारतीय राज्यमन्त्रीको छलफल


काठमाडौँ – भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको ऐनापहरामा शुक्रबार भएको भारतीय यात्रुवाहक बस दुर्घटनाका सम्बन्धमा जानकारी लिएकी छन् ।

शनिबार नेपाल आएकी राज्यमन्त्री खड्सेले गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकलगायतका सम्बद्ध सुरक्षा अधिकारीसँग छलफल गरेकी हुन् ।

नेपाल आएलगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी राज्यमन्त्री खड्सेले दुर्घटनापछि भएको उद्धारको काममा सन्तुष्टि व्यक्त गरेको गृह मन्त्री लेखकले जानकारी दिए । घाइतेको उपचार पनि निकै राम्रोसँग भइरहेको भन्दै उनले नेपाल सरकारलाई धन्यवाद दिएको लेखकले बताए ।

गृह मन्त्री लेखकले प्रक्रिया पुर्‍याएर दुर्घटनामा मृत्यु भएकाहरूको शव भारतले लिएर जाने उल्लेख गरे । शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ । घाइते १६ जनाको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया