
कांग्रेस सभापति देउवा किन झोंक्किए?
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पत्रकारसँग नै झोंक्किएका छन्। सरकारमा समर्थन गर्ने वा सरकार बनाउने भन्ने सन्दर्भमा देउवा झोंक्किनुको भने गम्भीर अर्थ रहेको छ।
कांग्रेसका पुराना नेता तथा सुशील कोइरालाका भाई अशोक कोइरालाको श्रद्धाञ्जली सभामा पुगेका देउवाले अहिले सरकारमा नजाने स्पष्ट बताए।
उनले विपक्षी पार्टी भएको नसुनेको? भन्नुको अर्थ अहिले सरकारको नेतृत्वमा भन्दा पनि प्रमुख प्रतिपक्षमा नै बस्ने कांग्रेसको धारणा सुनाउनु हो।
‘सभापतिले भनेपछि त्यहि नै निर्णय सरह हो, अहिले कांग्रेस सरकारमा जाने मुडमा छैन। सरकारमा रहँदा चुनाव गराएर आफैं कमजोर भयो पार्टी’, एक नेता भन्छन्,‘यसलाई बलियो बनाउनका निम्ति सरकारमा रहेको एमाले कमजोर बन्नुपर्ने अर्थमा प्रतिपक्षमा रहने सभापतिको भनाई हो।’



कागजपत्र |
