मंगलबारसम्ममा सबै नेटवर्कमा टिकटक चल्ने


काठमाडौं – सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भोलिपल्ट आज (शुक्रबार) देखि टिकटक चल्न चालेको छ । नेपालमा शुक्रबार साँझबाट सोझै टिकटक चल्न थालेको हो । यसअघि केही प्रयोगकर्ताले विभिन्न एपको सहारामा टिकटक चलाउँदै आए थिए ।

अहिले टिकटक चलाउन खोज्दा एप र ब्राउजरबाट सोझै चल्न थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकलाई नेपालमा खुला गर्ने निर्णय गरेको थियो । आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने भएको छ ।

त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन् । आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया