सहजै चल्न थाल्यो टिकटक


काठमाडौं- नेपालमा टिकटक सहजै चल्न थालेको छ। १० महिनाअघि सरकारले बन्द गराएको टिकटक भीपीएन प्रयोग गरेर चले पनि अहिले बिना भीपीएन नै चलिरहेको छ ।

आज बिहानदेखि भने टिकटक भीपीएन बिना पनि चलिरहेको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेसँगै यो चल्न थालेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ।

मन्त्रिपरिषद्‍बाट भने यो निर्णय हुन बाँकी छ। आज बस्ने क्याबिनेट बैठकले यो निर्णय पारित गर्ने बताइएको छ।

गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो।

 

प्रतिक्रिया