सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै बढ्याे ३ हजार रुपैयाँ


काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ रहेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया