प्रभु बैंकका ग्राहकहरूलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता


काठमाडौँ – प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८% छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ ।

२०५३ साल वैशाख ११ गते स्वीकृति प्राप्त गरी २०५४ आश्विन २५ गते बाट उडान सुरु गरेको बुद्ध एयरले आन्तरिक उडानको साथै भारतको बनारस सम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।

ग्राहकहरूको रोजाईमा अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दाबढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

साथै लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैंक अफ दि ईयर-२०२३ बाट सम्मानित प्रभु साथै लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैंक अफ दि ईयर-२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ । , छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया