३ हजार नाघ्यो नेप्से, रेकर्ड ब्रेक गर्दै झन्डै ३० अर्बको कारोबार


काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो ।

नेप्से १.४५ प्रतिशतले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । नेप्सेबढेसँगै कारोबारमा पनि नयाँ रेकर्ड राखेको छ । प्रि ओपन सेसनमा २२ अंकले बढेर सुरु भएको शेयर बजार बन्द हुँदासम्म २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

आज प्रतिशतको आधामा सबैभन्दा बढी वाणिज्य बैंकिङ समूह बढेको छ । वाणिज्य बैंक ५.६५ प्रतिशतले बढेर १६८४.९३ विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये फाइनान्स, जीवन बीमा, उत्पादन, लघुवित्त र अन्य समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स ३.०५ प्रतिशतले घटेर ३८४८.७१ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा उछाल आउँदा ६ करोड ८९ लाख ८० हजार ३४६ लाख कित्ता शेयर किनबेच भएको छ । आज १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबार ३३४ वटा कम्पनीको शेयर ३ लाख ११ हजार ५३६ पटक किनबेच भएको छ । आज ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ५ वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेपाल फाइनान्सको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । थाप २ वटा कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रतिक्रिया