३४ अंक बढ्यो सेयर बजार


काठमाडौँ – बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको भयो ।

बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटेल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशत घटे ।

यस दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्य १० प्रतिशत बढ्यो ।

मञ्जुश्री फाइनानसको ९.८, थ्रीस्टार हाइड्रोपावरको ९.८ तथा बेस्ट फाइनान्सको मूल्य ८.५ प्रतिशत बढ्यो । त्यस्तै मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

विन्ध्यबासिनी हाइड्रोपावरको ८।४, मिडसोलु हाइड्रोपावरको ८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, अपी पावर, नेपाल फाइनान्स तथा सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया