फूलपातीमा ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ भिड्ने


काठमाडाैं- दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ असोज २४  गते दशैंको फूलपातीदेखि प्रदर्शनमा आउँदैछ। सोही मितिमा अर्को फिल्म ‘ज्वाइँ साब’ पनि रिलिज हुने भएको छ ।

जितु नेपालको शिर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को प्रदर्शन मिति तय गरिएको हाे । बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्मको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो । फिल्ममा जितुसँगै शिर्ष भूमिकामा नायिका नीति शाह छिन् ।

उनीहरुका अलवा फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै दीपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा ५’ मा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटीको मुख्य अभिनय छ।

प्रतिक्रिया