रुसका १ हजार बर्ग किमी भुमी कब्जामाः युक्रेन


किभ – युक्रेनले रुसको १००० बर्ग किलोमिटरमा कब्जा गरेको जनाएको छ ।

युक्रेन शीर्ष कमाण्डरका अनुसार कीभको सेनाले साढे दुई वर्षको पूर्ण स्तरको युद्धमा सबैभन्दा ठूलो सीमापार घुसपैठलाई दबाएर रुसी क्षेत्रको १,००० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको बताएका हुन ।

कमाण्डर ओलेक्सान्डर सिर्स्कीले भने, ‘युक्रेनले युद्ध सुरु भएको सात दिनसम्म पनि कुर्स्क क्षेत्रमा आक्रामक अभियान जारी राखेको छ।’

उता, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अरुका लागि युद्ध ल्याएको र अब रुस फर्किँदै गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । तर, तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई ठूलो उत्तेजनाको रूपमा वर्णन गरेका छन । उनले रूसी सेनालाई ‘आफनो क्षेत्रबाट दुश्मनलाई तत्काल निकाल्न’ आदेश दिएका छन्।

पश्चिमी रूसी क्षेत्रबाट उनीहरूको सुरक्षाको लागि बढ्दो संख्यामा मानिसहरूलाई बाहिर निकालिएको छ । किभका अनुसार ५९ हजारलाई सो क्षेत्रवाट बाहिर निस्कन भनिएको छ ।

प्रतिक्रिया