

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेको पोस्टमार्टम भोलि

काठमाडौं – एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
बुधबार दिउँसो काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।
दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको हो ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार भोलि बिहान ८ बजेबाट पोस्टमार्टम सुरु हुनेछ ।
उनका अनुसार शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ ।

