पहिचान हुन सकेन सेती नदिमा भेटिएको शव


तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ ।

‘अन्दाजी ४०/५० वर्ष देखिने पुरुषको अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्रयाक लगाएका छन्,’ उनले भने, ‘पाँच फिट जति उचाइ छ ।’ पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया