नवनियुक्त प्रदेशप्रमुखको शपथ आज


काठमाडौं – नवनियुक्त प्रदेशप्रमुखहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ।

बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेशप्रमुखको शपथ लिन लागेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए।

प्रतिक्रिया