झारखण्डमा रेल दुर्घटना: दुई जनाको मृत्यु, २० घाइते


भारत – भारतको पूर्वी राज्य झारखण्डमा मङ्लबार रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेशन नजिकै भएको उनीहरुले बताएका छन् ।

‘बडाबाम्बु नजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थलमा खटिरहेको छ र उद्धार कार्य जारी छ ’, दुर्घटनास्थलमा रहेका पश्चिम सिंहभूमका उप–आयुक्त कुलदीप चौधरीले बताए ।

अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसतर्फ जाँदै गरेको थियो ।

रेलवे अधिकारीहरूले राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्याएको जनाएका छन् । साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लगि बाँकी यात्राका लागि विशेष रेलको व्यवस्था गरिएको उनीहरुले बताएका छन् ।

अधिकारीहरूले रेलको लिकबाट खसेका १८ डिब्बामध्ये १६ वटामा यात्रु सवार रहेक , एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन् ।

प्रतिक्रिया