विशेषमा बयान दिँदै निलम्बित मुख्यसचिव अर्याल


काठमाडौं । विशेष अदालतमा निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल बयान दिइरहेका छन् ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको ३५ दिनपछि अहिले विशेष अदालतमा बयान दिइरहेका हुन् ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासमा उनले बयान दिइरहेका छन् । बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने सम्भावना उच्च रहेको बताइएको छ ।

अर्यालमाथि अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । सोहीक्रममा अख्तियारले मुद्दा दायरगरेपनि उनी निलम्बनमा परेका थिए ।

प्रतिक्रिया