

कांग्रेसले बोलायो पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक, सरकार गठनका विषय प्राथमिकतामा

काठमाडौं – नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सोमबार बस्ने भएको छ ।
क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसँग छलफल गर्न भोलि दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत १० गते भित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नवकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने छ ।

