ब्रिटिस कलेजमा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको सूचीमा


काठमाडौं – ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् ।

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन् ।

गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएको कलेजले जनाएको छ ।

यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परिक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान र ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाहले तेस्रो स्थान हासिल गरेको कलेजले जनाएको छ ।

एसीसीए विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा विस्तार भइरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा पाँच लाख ३५ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रतिक्रिया