क्याप्टेन शाक्य होसमा, रिफर गर्ने तयारी


काठमाडौं – दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्य होसमा आएका छन् ।

बुधबार बिहान काठमाडौंबाट पोखरा जाने जहाज उडाइरहेका क्याप्टेन शाक्य केही बेरमा नै जहाजसहित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेका थिए ।

सो दुर्घटनामा उनीबाहेक जहाजमा रहेका १८ जनाको मृत्यु भएको छ ।

दुर्घटना पर्ने बित्तिकै जीवितै उद्धार गरिएका क्याप्टेन शाक्यलाई उपचारका लागि नजिकैको सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज लगिएको थियो ।

त्यहाँ उपचारपछि उनी अहिले होसमा आएको र बोल्न सक्ने अवस्थामा रहेको क्याप्टेन शाक्यको पारिवारिक स्रोतले बताएको छ ।

क्याप्टेन शाक्यको निधारमा चोट लागेको र केही बेरमा थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको हो ।

प्रतिक्रिया