गणतन्त्र बिरोधीले संविधान मास्ने पात्र खोज्दै जाँदा ओली भेट्टाएः प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीको प्रतिनिधिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको दाबी गरेका छन्।

आइतबार राजधानीमा भएको एउटा कार्यक्रमलाई सम्बोध गर्ने क्रममा प्रचण्डले भने,‘गणतन्त्र विरोधीको धार बनेको छ, उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटे।’

गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने पात्र ओली भएको प्रचण्डको कथन छ।

२०–२५ वर्षदेखि विदेशीबाट पालित पोषित संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्र ओली नै भएको प्रचण्डको ठोकुवा छ।

गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको बताएका उनले भने,‘समय लिँदै जाँदा दलितहरु पनि थाकिसकेको, सशक्त रुपमा सडकमा आउने स्थिति छैन, आदिवासीहरु पनि थाकिसके सडकमा आउने अवस्था छैन भन्ने उनीहरूलाई लागेको छ।’

प्रतिक्रिया