होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन


काठमाडौं- लाजिम्पाटमा रहेकाे पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।

पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि उनकाे स्वास्थ्यमा समस्या रहेकाे थियाे ।

उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।

पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया