कैलालीमा नदीमा डुबेर दुईजना बेपत्ता


काठमाडौं – कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्।

लम्कीचुहा नगरपालिका-३ चिसापानी कर्णाली पुलबाट परिचय र ठेगाना नखुलेका करिब ६५ वर्षीय पुरुषले शनिबार हाम फालेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले नदीमा बेपत्ता भएका उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कैलाली, जिल्लाको मोहन्याल गाउँपालिका ४ बस्ने २५ वर्षीया कल्पना बम बेपत्ता भएकी छिन्। माइतीबाट फर्किने क्रममा शनिबार सुपली खोला तर्ने क्रममा बगेर उनी बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया