राज्यको नीतिहरू अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले अवलम्बन गर्ने नीतिहरू अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्ने बताएकी छन् ।

नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) को ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मंगलबार पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकका लागि दीर्घकालीन महत्त्व राख्ने आन्तरिक मामिला तथा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राज्यले अवलम्बन गर्ने नीतिहरू अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्दछ ।’ उनले राज्यलाई आवश्यक ज्ञान उत्पादनका लागि गरिने अनुसन्धानमा राज्यले नै लगानी पनि बताइन् ।

उनले दातृ निकायहरूको लगानीमा गरिने अनुसन्धान स्वतन्त्र र निष्पक्ष नहुन पनि सक्ने उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले तथ्य र प्रमाणमा आधारित ज्ञान उत्पादनका लागि विश्वविद्यालयअन्तर्गत स्थापित अध्ययन-अनुसन्धान केन्द्रहरू, सरकारद्वारा प्रत्यक्ष रूपमा स्थापित गरेका ‘थिंक ट्यांक’ संस्थाहरू, गैरसरकारी क्षेत्रद्वारा सञ्चालित अध्ययन-अनुसन्धान संस्थाहरूसँग समन्वयात्मक रूपमा काम गर्न स्पष्ट रणनीतिको आवश्यकता पर्ने बताइन् ।

उनले एक ताका एसियाकै उत्कृष्ट अनुसन्धान केन्द्रहरूमध्ये रहेको सिनासलाई पुनर्जीवन दिँदै पुनः एक सक्रिय र सशक्त अनुसन्धान केन्द्रको रूपमा पुनर्स्थापित गर्न लागि परेका सिनासका वर्तमान पदाधिकारीहरू धन्यवाद र बधाईका पात्र बताएको पनि बताइन् ।

प्रतिक्रिया