महङ्गा अनमोल, ‘फर्कीफर्की’का लागि बुझेका थिए ५० लाख


काठमाडौं- चर्चित अभिनेता अनमोल केसीले ‘फर्कीफर्की’का लागि ५० लाख रूपैयाँ पारिश्रमिक बुझेको खुलेको छ ।

अभिनेता केसीले ‘फर्कीफर्की’का लागि ५० लाख रूपैयाँ पारिश्रमिक बुझेको उनले गत बुधबार सरकारलाई पारिश्रमिक कर तिरेपछि खुलेको हो ।

अभिनेता केसीले सरकारलाई सात लाख ५० हजार रुपैयाँ पारिश्रमिक कर तिरेका छन् । योसँगै एकै फिल्मका लागि नेपालमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारपनि अभिनेता केसी बनेका छन् ।

प्रतिक्रिया